www.tandavnews.com
Fact ~ In search of truth

रुससँगको वार्ताका क्रममा युक्रेनका दुई माग

किभ ।

युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ ।

बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो । युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने संभावना कम रहेको अधिकारीहरुले जनाएका छन् ।

Batas

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफुलाई विश्वास नभएको बताएका थिए । उनले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिएका थिए । रुसले युक्रेनमाथी आक्रमण गरेको पाँचौ दिनमा वार्ता भएको हो । वार्ता युक्रेनसँगको सीमाक्षेत्रमा पर्ने बेलारुसको एक ठाउँमा भएको हो ।

रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो । रुसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन् ।

रासस/एएफपी

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.