www.tandavnews.com
Fact ~ In search of truth

रामदी विद्यालयलाई डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानको सहयोग

पोखरा ।

प्रा. डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान पोखराले पोखरा २१ स्थित रामदी आधारभूत विद्यालय पोखरा २१ मा सहयोग हस्तान्तरण गरेको छ । प्रतिष्ठानले शुद्ध खानेपानीका लागी ‘युरोगार्ड’ र अध्यनरत सम्पूर्ण विद्यार्थिका लागी शैक्षिक सामग्री सहयोग गरेको हो ।

संस्थानले आफ्नो विधानमा उल्लेखित उदेश्य अनुरूप सो कार्य गरेको प्रतिष्ठानकी अध्यक्ष इन्दिरा अधिकारी कोइरालाले बताईन् ।

Batas

बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कपिलनाथ कोइरालाले विद्यालयलाई आवश्यक सामाग्री सहयोग गरेकोमा धन्यवाद दिए । कार्यक्रममा सामाजिक अभियन्ता गणेशबहादुर अधिकारीको पनि उपस्थिती रहेको थियो ।

प्रतिष्ठानकी अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष डि.बी थापाले स्वागत र सञ्चालन विद्यालयका प्रधानाध्यापक रमेश ढकालले गरेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.