www.tandavnews.com
Fact ~ In search of truth

टाईगर कप भलिबलको आय-व्यय सार्वजनिक

पोखरा
ताण्डव न्यूज ।

दोश्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला/पुरुष भलिबल प्रतियोगिता २०७८ बाट करिव आठ लाख रुपैयाँ बचत भएकोे आयोजकले जनाएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालले पोखरामा गत पुष २६ देखि माघ १ गते सम्म सञ्चालन गरेको उक्त प्रतियोगिताको आज आयोजित एक पत्रकार सम्मेलनमार्फत आय–व्यय सार्वजनिक गरेको हो ।

Batas

प्रतियोगितामा आम्दानीतर्फ नगद रु ७९ लाख ४६ हजार ९ सय १० रुपैयाँ र खर्चतर्फ ७१ लाख ५१ हजार ६ सय ३६ रुपैयाँ तथा बचत तर्फ नगद रु सात लाख ९५ हजार २ सय ७४ रुपैयाँ भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।

बचत भएको रकम सामाजिक क्षेत्र, खेलकुद एवम बाघ संरक्षण अभियानमा सहयोग गर्ने अध्यक्ष शर्माले बताए ।

यसैगरी संस्थाले स्वास्थ्य उपचार गरिरहेका भलिबलकी राष्ट्रिय खेलाडी सरस्वती चौधरी र अमृत केसीलाई जनही नगद १०÷१० हजार सहयोग गरेको छ भने महिला भलिबलकी राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीलाई समेत नगद सहयोग गरेको छ ।

संस्थाले सोही अवसरमा आफ्नो टिमबाट दोश्रो टाइगरकप भलिवल प्रतियोगितामा सहभागी जनाएका महिला तथा पुरुष खेलाडीहरुलाई जनही नगद ५ हजारका दरले १४ जनालाई ७० हजार भत्ता समेत उपलव्ध गराएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.