www.tandavnews.com
Fact ~ In search of truth

महिलामैत्री शौचालयका लागि प्रदेश सरकार प्रतिबद्धः स्वास्थ्य मन्त्री अधिकारी

पोखरा ।

११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चेली नेपाल अर्गनाइजेसनले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जन स्वास्थ्यको क्षेत्रमा कार्यरत चेलीहरुद्वारा नवस्थापित गैर–सरकारी गैर नाफामुलक संस्था ’चेली नेपाल अर्गनाइजेसनले’ एक दिने चेली अभिमुखिकरण तथा संस्था उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो ।

Batas

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले महिलाहरुको हकहितका लागि सदैव साथ रहने बताउँदै संस्थालाई धन्यवाद दिइन् । प्रदेशमा महिलामैत्री शौचालय अभियानमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो ।

संस्थाका सलाहकार द्वय अधिवक्ता जनकल्याण पराजुली र तीर्थ तामाङले अर्गनाइजेसनलाई आगामी दिनका अभियानकालागि शुभकामना ब्यक्त गरे ।

कार्यक्रमकी अध्यक्ष एवं संस्थाकी संस्थापक अध्यक्ष कविता लामाले जनस्वास्थ्यकर्मीहरु आवद्ध यस संस्थाले स्थापना वर्षमा महिनावारी स्वच्छता, महिलामैत्री शौचालय सचेतन अभियान तथा सेनीटरी प्याडको वैकल्पिक विधी मेन्स्ट्रुअल कप सम्बन्धी जनचेतनाको विकास जस्ता अत्यावश्यक ३ क्षेत्रमा मुलतः ध्यान र पहल केन्द्रित गर्ने बताइन् ।

कार्यक्रममा विभिन्न बिद्यालयबाट आमन्त्रित शिक्षिकाहरुलाई एक दिने महिनावारी तालिम दिइएको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.