www.tandavnews.com
Fact ~ In search of truth

पोखराको अन्नपूर्ण केवलकार बुधबारदेखि बन्द

पोखरा
ताण्डव न्यूज ।

पोखरास्थित पहिलो केवलकार अन्नपूर्ण केवलकार बुधबारदेखि बन्द भएको छ । पोखराको सेदीबगरदेखि सराङ्कोट जाने अन्नपूर्ण केवलकार फागुन २५ गतेदेखि ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नका लागि केवलकार बन्द गर्न लागिएको हो । केवलकार चैत्र १ गतेदेखि नियमित सञ्चालनमा आउने सो कम्पनीले जनाएको छ ।

Batas

केवलकार फागुन ६ गतेदेखि नियमित सञ्चालनमा आएको थियो । केवलकारमार्फत पोखराको फेवाताल किनारबाट सराङकोट (दुई किमि दूरी) पुग्न नौ मिनेटमात्रै लाग्नेछ ।

अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठी केवलकार निर्माणमा करिब दुई अर्ब लगानी भएको छ । कोरोना महामारीले निर्धारित समय भन्दा केही ढिलो गरी केवलकार सञ्चालनमा आएको हो । शुरुआतमा एक अर्ब ३० करोड लागत अनुमान गरिएकोमा संरचना थप र संक्रमणकालीन समयका कारण लागत बढेको कम्पनीको दावी छ । कम्पनीमा स्थानीयको २५ प्रतिशतको लगानी छ ।

केवलकारको १७ डिब्बा यात्रुका लागि र एक गोण्डोला सामान ओसारपसार गर्न प्रयोग गरिनेछ । एक डिब्बामा आठ जनाको सिट क्षमता छ ।

केवलकारबाट फेवातालसँगै सराङकोटबाट सूर्योदय, मनोरम हिमश्रृंखला, मनोरम पोखराको दृश्य अवलोकन गर्न सकिनेछ । केवलकारको माथिल्लो स्टेशनमा भ्यू टावर, गार्डेन, पार्किङ, रेष्टुरेन्ट, कफी सप हुनेछन् । पोखरामा पहिलो केवलकार निर्माणले यहाँ नयाँ पर्यटकीय गन्तव्य थप्ने र आन्तरिक एवं बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.