www.tandavnews.com
Fact ~ In search of truth

लोक दोहोरी दिवसमा प्रतिष्ठान पर्वतद्धारा खाद्यान्न सहयोग

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतले गुप्तेश्वर वेदवेदांग संस्कृत पाठशालाका बटुकहरुलाई आइतबार खाद्यान्न सहयोग गरेको छ ।

‘लोक दोहोरी दिवस २०७८’ को अवसर पारेर प्रतिष्ठान पर्वतले कुनपा–४ मा अवस्थिति पाठशालामा रहेका बटुकको लागि ३ हजार बराबराको खाद्यान्न वितरण गरेको हो । प्रतिष्ठान पर्वतका अध्यक्ष दिपक गदालले हरेक वर्ष मनाइने लोक दोहोरी दिवस मनाउँदै आएको बताए ।

Batas

केक काटेर, भब्य कार्यक्रम गरेर बार्षिकोत्सब मनाउनु भन्दा सामाजिक काम सहयोग गर्नु महान हुने भन्दै सहयोग गरिएको गदालले बताए । उनले दिवसमा केही न केही सामाजिक क्षेत्रमा प्रतिष्ठान सक्रिय रहँदै आएको जनाए । उनले यसअघि प्रतिष्ठानले कारागार कुश्माका कैदीबन्दीहरुलाई सूचनाको पहुचबाट बन्चित नहुन भन्दै रेडियो वितरण गरेको जानकारी दिए । प्रतिष्ठानले वेदवेदांग पाठशालामा केही वर्ष पहिले पानी तताउन भाडा प्रदान गरेको थियो ।

प्रतिष्ठान गण्डकी प्रदेशका द्धितिय उपाध्यक्ष आरसी पौडेलले पछिल्लो समयमा दोहोरी गीत प्रतिष्ठान गाउने कामसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको बताए । अहिलेसम्म पाठशालालाई यस्तै संघसस्थाहरु, पाठशाला संचालक समिती, नगरपालिकाले सहयोग गर्दै आइरहेको उक्त पाठशालाका प्रधानाध्यापक पद्मनारायण रेग्मी ले बताए । अहिले पाठशालामा १५ जना बटुक बिद्यार्थी अध्ययनरत छन ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.