www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभामा सभामुखको रुलिङ: सदन चलाउन सहयोग गर्नुस्

काठमाडौँ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकलाई प्रभावकारी बनाउन र राष्ट्रका समस्या समाधानमा केन्द्रित हुन सबै सांसदलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समेत प्रमुख विपक्षी नेकपा (एमाले) का सांसदहरुले नाराबाजीसहित विरोध गरेपछि सभामुखले विशेष रुलिङ गर्दै सो आग्रह गरेका हुन् । लगातार छ महिनादेखि एमालेले संसद्को कारवाहीमा सहभागी नभई नाराबाजी गरिरहेको छ । अवरोधका बीचमा अमेरिकी सहयोग सम्झौतालगायतका केही कार्यसूची अगाडि बढे पनि अरु महत्वपूर्ण कानून भने पारित हुन सकेको छैन ।

Batas

प्रतिनिधिसभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्नुपर्नेछ । यस्तै नागरिकका दैनिक समस्या जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यसमेत अवरोधका कारण प्रभावित हुन पुगेको सभामुखको भनाइ छ ।

सभामुखले भने, “विचाराधीन विधेयकलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सबैको दायित्व हो ।” संसद् अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएका तथा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकामा सांसदहरुले आफूलाई पटकपटक ध्यानाकर्षण गराएकाे सभामुखले स्मरण गरे ।

संसद्लाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको तथ्य पेश गर्दै सभामुखले अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न सबै सांसदलाई सभामुखले विशेष अनुरोध गरे ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.