www.tandavnews.com
Fact ~ In search of truth

कुखुराको मासु अभाब

खोटाङ।

दश स्थानियतह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाब भएको छ। अ‍ोमिक्रोनको त्रास तथा गत मंङसिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समय वर्षा भए पछि बढेको चिसोका कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो।

फर्महरुमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द«हरु अहिले बन्द छन । दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाले यस अघि नगरपालिका ब्रोइलर कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषण गर्दै तराई बाट आयात हुने ब्रोइलर कुखुरा तथा अण्डा रोक लगाए पछि दिक्तेल बजारमा अहिले मासु अभाब भएको छ।

Batas

लामो समयको वर्षा र हिमपातपछि बढेको चिसका साथै ओमिक्रोनको त्रासका कारण जिल्लामा ब्रोइलर कुखुराको मासु उत्पादन गर्न नसक्दा ब्यवसायिले करोडैको घाटा ब्यहोर्नुपरेको पोल्ट्री ब्यवसायि संघ खोटाङका अध्यक्ष सुवास जोसिले जानकारि दिए ।

‘‘प्रतिकेजी ५०० मा बिक्रि हुने ब्रोइलर कुखुराको मासु दिक्तेल बजारमा मात्रै २५० देखि ३०० केजि सम्म बिक्रि हुने गरेको थियो’’ , उनले भने, ‘‘चिसो र ओमिक्रोनको त्रासका कारण कुखुरा उत्पादन गर्न नसक्दा ग्राहक लाई दिन सकिएको छैन् । पछिल्लो समय अधिकांश फर्ममा चल्ला हालिएको छ । अब फागु पूर्णिमादेखि निरन्तर बजारमा ल्याउने तयारि गरेका छैँ । ’’

जिल्लाका शहरि क्षेत्र तथा गाँउमा समेत मासु अभाव भएपछि अहिले अण्डाको माग भने बढेको पोल्ट्री ब्यवसायिले बताएका छन् । यसका लागि दिक्तेल बजारमा ब्यवसायिक रुपमा करिब पाँच हजार लेर्यस कुखुरा पालिएका छन् ।

दिक्तेल बजारमा सञ्चालित लेर्यस कुखुरा फर्म बाट पछिल्लो समय दैनिक १५-२० काटुन अण्डा बिक्री हुने गरेको पोल्ट्री ब्यवसायि संघले जनाएको छ । यद्यपि तराईका विभिन्न जिल्लाहरु बाट कम मुल्यमा आयात गरिने अण्डाले जिल्लामा उत्पादित अण्डा बिक्रीमा समस्या हुने गरेको बताइएको छ ।

ब्यवसायिका अनुसार उत्पादन भएको अण्डा २० दिन देखि महिनादिन भित्र उपभोग गरिसक्नुपर्ने हुन्छ । तराई आयात हुने अण्डा कति दिन उत्पादन भएको हो भन्ने पहिचान नहुदाँ महिनैँ पछि समेत उपभोग गर्ने गरिएको छ । दिक्तेल बजार तथा आसपासको क्षेत्रमा समेत कुखुराको मासु पाउन छाडेपछि अहिले बजारमा स्थानिय जातका कुखुराले भने राम्रो मुल्य पाएको छ । यसअघि प्रतिकेजी रु ८०० मा पाउने स्थानिय जातका कुखुराको मुल्य बढेर अहिले प्रतिकेजी रु ९०० देखि रु एक हजार पुगेको उपभोक्त बताउछन् ।

अर्केतर्फ जिल्लामा ब्यवसायिक रुपमा स्थानिय कुखुरा पालन गर्नेको संख्यासमेत वृद्धि हुदैँ गएको छ । दिक्तेल बजारमो ह्याचरि उद्योग सञ्चालन गरेर गाँउगाँउमा स्थानिय जातका कुखुराको चल्ला बिक्री वितरण सुरु भएको छ ।

ब्रोइलर कुखुराको मासु पाउन छाडेसंगै जिल्लामा अहिले तराईका ब्यवसायिले छिमेकी देश भारत तथा तराईका विभिन्न जिल्ला बाट माछा ल्याएर धमाधम पसल खोलेर बिक्री गर्ने थालेका छन् । ब्यवासायिले अहिले दिक्तेल बजारका चोकचोकमा बिनादर्ता माछा पसल खोलेर बिक्री वितरण गरेका छन् । यस्ता पसलमा बिक्री गर्न राखिएका माछा गुणस्तरहिन रहेको जनाइएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.