www.tandavnews.com
Fact ~ In search of truth

आगामी निर्वाचनमा एमालेसँग तालमेल गर्न छलफल चलिरहेको छ : अध्यक्ष थापा

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल हुनसक्ने बताएका छन् ।

पोखरामा शनिबार पत्रकारसँग बोल्दै अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनमा तालमेलबारे छलफल चलिरहेको बताए । “नेकपा एमालेसँग हामीहरुको प्रारम्भिक छलफल चलिरहेको म यहाँहरुलाई जानकारी गराउन चाहन्छु,” उनले भने, “आवश्यक परे एमाले बाहेकका अरु दलहरुसंग पनि चुनावी तालमेल हुनेछ ।” पार्टीहरुसंग आवश्यक छलफलपछि भविष्यमा यसबारे थप प्रष्ट कुरा बाहिर ल्याउने उनले बताए ।

Batas

आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको खुट्टा टेक्ने ठाउँ निर्माण गर्ने र प्रतिनिधि सभा निर्वाचनमा बलियो राजनीतिक शक्तिका रुपमा आउने दाबी उनको छ । ‘हामी आगाी निर्वाचनमा पार्टीले खुट्टा टेक्ने ठाउँमात्र निर्माण गर्ने योजनामा छौँ’, उनले भने,’त्यसपछि प्रतिनिधि सभा निर्वाचनमा राप्रपा नेपाल बलियो पार्टी भएर आउने छ ।’

अध्यक्ष थापाले आफूले पार्टी फुटाएको नभई अलग भएको जिकिर समेत गरे । पूर्वराजा ज्ञानेन्द्रप्रति लक्षित गर्दै थापाले निर्मल निवासको ठाडो हस्तक्षेपकै कारण राप्रपा त्यागेर राजसंस्थाको एजेण्डासमेत छाडेको बताए ।

कार्यकर्ता संरक्षण र राजनीतिक जीवनको बचाउ गर्नकै लागि भएपनि राप्रपा नेपाललाई पुनः व्यूँताएको उनको भनाई थियो । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन लक्षित कार्यक्रम अन्र्तगत अध्यक्ष थापा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका हुन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.