www.tandavnews.com
Fact ~ In search of truth

अरुको बैसाखी टेक्दैनौँ, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ : अध्यक्ष प्रचण्ड

पोखरा
ताण्डव न्यूज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैको बैसाखी नटेटिकनै चुनावमा जाने घोषणा गरेका छन् ।

आज विहान पोखरामा पत्रकारमाझ प्रचण्डले देशभरको माहौल हेर्दा आफूहरुसंग अरु दल मिल्न आउनुपर्ने अवस्था देखेको दावी गरे । “हामी अरुसंग होईन, हेर्नुहोला एकमहिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्छ’, उनले भने,’किनभने यो देशको परिवर्तनको संवाहक हामी हो ।’

Batas

राजनीतिमा कुनैपनि कुरा असम्भव नभएको बताउँदै प्रचण्डले आफूले एमालेसँग सहकार्य हुनसक्ने बताएको विषयमा थप प्रष्ट पार्दै काँग्रेसका केही नेताहरुले दिएको अभिव्यक्तिप्रति लक्षित गरेर आफूले उक्त अभिव्यक्ति दिएको बताए । “हालको गठबन्धलाई नै प्राथमिकता दिने हो, विकल्प नभए त्यो (एमालेसंग सहकार्य) पनि गर्न सकिन्छ भनेर मैले भनेको हुँ” प्रचण्डले भने ।

आगामी निर्वाचनमा गठबन्धन पछिमात्र चुनाव जितिन्छ भन्ने भ्रम नपाल्न उनले कार्यकर्ताहरुलाई आग्रह समेत गरे । प्रचण्डले वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा भएरै छाड्ने भन्दै चुनावको तयारीमा लाग्न निर्देशन समेत दिएका छन् ।

एमसीसीका सन्र्दभमा एमाले सहित सबै दलहरुको ऐक्यबद्धता रहिसकेको समेत उनको जिकिर छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आईतबार आयोजना गरेको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड पोखरा आएका हुन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.