www.tandavnews.com
Fact ~ In search of truth

लिफ्टिङबाट घरघरमा खानेपानीका धारा

तनहुँ।

म्याग्दे गाउँपालिका–२ स्थित लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजना निर्माण भइ स्थानीयवासीका घरघरमा खानेपानी उपलब्ध गराइएको छ । सङ्घीय सरकार र गण्डकी प्रदेशको गरी कूल रु दुई करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।पानीको समस्याका कारण यस क्षेत्रका मानिसले धेरै कठिनाइ भोग्दै आएको स्थानीय उपभोक्ता सोमबहादुर थापाले बताए ।

सङ्घीय सरकारबाट रु एक करोड ४६ लाख ४९ हजार ५४९, प्रदेश सरकारबाट रु ४० लाख ८७ हजार ५६ र थप रु तीन लाख ४२ हजार १६८ उपलब्ध गराउनका साथै रु ६० लाख २५ हजार ६०६ बराबरको श्रमदान व्यहोरिएको थियो । झ्यालगैह्राबाट ऋषिथुम डाँडासम्म करिब एक किलोमिटर लामो दूरीमा खानेपानी लगेर ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ ।

Batas

उक्त आयोजनाबाट १६७मध्ये हाल १३९ घरधुरीका बासिन्दा लाभान्वित भएका उक्त आयोजनाका सचिव ईश्वरराज काफ्लेले जानकारी दिए । उनले भने, “एक सय चालिस वटा धारा निर्माण गरी पानी वितरण गरिएको छ ।”

साठी वटा सोलार प्यानल जडान गरी बस्तीभन्दा तल रहेको खोल्सीको पानी ३५० मिटर भर्टिकलको उचाइमा उठाएर पन्ध्र हर्षपावर क्षमताको मोटरको सहायताले लिफ्ट गरी ऋषिथुम डाँडामा निर्माण गरिएको ४० हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ।

रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.