www.tandavnews.com
Fact ~ In search of truth

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

काठमाडौँ।

‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ ।

प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल छन् ।

Batas

प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव याम पाण्डेले जानकारी दिए ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.