www.tandavnews.com
Fact ~ In search of truth

बीस हजार घरधुरी लाभान्वित

तनहुँ।

तनहुँ विद्युतीकरण आयोजनाबाट बीस हजार एकसय घरधुरीका झण्डै एक लाख बढी मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लाका दश पालिकामध्ये ऋषिङ्, घिरिङ्, आँबुखैरेनी, बन्दिपुर, व्यास, देवघाट र भीमाद नगरपालिकासहित सात पालिकाका मानिस लाभान्वित भएका हुन् ।

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित भएका क्षेत्रका मानिस लामो समयदेखि अन्धकारमय जीवन बिताउँदै आएकोमा घरघरमा बिजुली पुगेपछि खुसी भएका छन् ।
आयोजनाबाट प्रभावित क्षेत्रमा तनहुँ विद्युतीकरण आयोजनाले विद्युतीयकरणको जिम्मा पाएपछि बिजुली विस्तार गरिएको हो ।

Batas

आयोजनाले करिब चार वर्षमा त्यसक्षेत्रमा विद्युत् विस्तार गरेको तनहुँ विद्युतीकरण आयोजनाका इञ्जिनीयर कपिल पाण्डेले जानकारी दिए । आयोजनासँग गरेको सम्झौता अवधि समापन हँुदै गर्दा आफ्नो जिम्मामा रहेको काम सम्पन्न गरेको उनले बताए।

आयोजनाबाट प्रभावित क्षेत्रमा विद्युतीकरणको जिम्मा पाएको उक्त आयोजनाले सम्झौता अवधिभित्र काम सम्पन्न गरेको हो । बन्दिपुरको साराङ्गघाट र घिरिङमा दुई वटा सवस्टेशन निर्माण गरिएको छ । शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारबाट घिरिङग र आँबुखैरेनी गाउँपालिकाको सत्रसयबाट साराङघाटको सवस्टेशनमा ३३ केभी लाइन जोड्नको लागि वातावरणीय अध्ययन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

करिब एक महिनाभित्र बाँकी रहेका सबै कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । तनहुँ विद्युत् प्राधिकरण तनहुँले यही आर्थिक वर्षको आसारमसान्तभित्र तनहुँलाई अन्धकारमुक्त बनाउने लक्ष्य लिएको प्राधिकरणका निमित्त प्रमुख एवं इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिए ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.