www.tandavnews.com
Fact ~ In search of truth

साढे चार हजार परीक्षण गर्दा ४५ मा सङ्क्रमण

काठमाडौँ।

साढे चार हजार परीक्षण गर्दा आज ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको वुलेटिनका अनुसार आज चार हजार ७५२ जनामा कोरोना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार १३५ जना रहेका छन् । पछिल्लो समय १४७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६३ हजार १११ पुगेको छ । यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

Batas

मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौँ, चितवन र बाँके रहेका छन् । शून्य सङ्क्रमित भएको चार मात्र जिल्ला मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला रहेको छ । नेपालमा सङ्क्रमण दर १७.८ प्रतिशत रहेको छ ।

त्यस्तै, हाल होम आइसोलेशनमा तीन हजार ७९, संस्थागत आइसोलेशनमा ५६, आइसियुमा २२ र भेन्टिलेटरमा पाँच जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ५९ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.