www.tandavnews.com
Fact ~ In search of truth

विद्यालय हिँडेका दुई किशोर बेपत्ता

गलकोट।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् ।

बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिए । आइतबार बिहान घरबाट विद्यालय हिँडेका किशोर विद्यालय नपुगी सम्पर्कविहीन भएको पाइएको छ । ती किशोरलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय अथवा अभिभावकसँग सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन् ।

परिवारले किशोरहरुलाई खोजीदिनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएपछि सबै प्रहरी एकाइलाई सो विवरण पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.