www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन हुने

पोखरा ताण्डव न्यूज ।
देशभरका पालिकाका उपप्रमुख÷उपाध्यक्षहरु पोखरामा भेला हुने भएका छन् । स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रुपमा न्याय सम्पादनमा भैरहेका असल अभ्यास र चुनौतीहरु बारे अनुभव अदान प्रदान गर्ने उद्देश्यले पोखरामा जम्मा हुने भएका हुन् ।
देशभरका उपप्रमुखहरुलाई एकैथलोमा जुटाउने काम पोखरा महानगर न्यायिक समितिले गर्दैछ । संविधानमै व्यवस्था भएको न्यायिक समितिको जिम्मेवारी सम्हालेका ७५३ वटै स्थानिय तहमा कसरी न्याय सम्पादन गरिरहेका छन, यसका असल अभ्यास र चुनौतीहरु बारे एकै थलोमा जम्मा भएर छलफल गर्ने उद्देश्यले पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पहिलो पटक “न्यायिक समितिको राष्ट्रिय सम्मेलन–२०७८” आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । देशभरका पालिकाहरुलाई आमन्त्रण गरि समितीको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङ्ले जानकारी दिईन् ।
चैत १४ गते पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्ने उनले बताईन् ।
सम्मेलनमा पोखराको न्यायिक समितिले न्याय निरुपण गरेको प्रयासहरु बारे निर्माण गरेको वृत्तचित्र समेत प्रर्दशन गरिने उपप्रमुख गुरुङको भनाई थियो । सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न उपप्रमुख गुरुङको संयोजकत्वमा मुल समिति र विभिन्न ८ वटा उपसमितीहरु गठन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं सम्मेलनका सदस्यसचिव बलराम रिज्यालले जानकारी दिए ।
पोखरा महानगरपालिका प्रमुख मानबदुर जिसीले सम्मेलन सकरात्मक भएको बताउदै यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । ‘देशभरका पालिका उपप्रमुखहरु पोखरा आउदाँ यहाँको प्रवद्र्धन समेत हुने भएकाले यो सम्मेलन सकरात्मक छ” । मेयर जिसीले भने ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.