www.tandavnews.com
Fact ~ In search of truth

थप ४४ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ।
पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६८८ रहेको छ । पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ । निको हुने दर ९८।५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ छन् । शून्य कोरोना सङ्क्रमित भएका चार जिल्लामा मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला छन् । नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा दुई हजार ६३७, संस्थागत आइसोलेशनमा ५१, आइसियुमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । पछिल्लो २४ घण्टामा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
रासस
–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.