www.tandavnews.com
Fact ~ In search of truth

अध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी

जनकपुर।
रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो ।

यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मङ्गलवार पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

रेल्वे अध्यादेश जारी भइसकेकाले अबको केही दिनभित्रै रेल सेवा उद्घाटनको मिति तय हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेको महाप्रबन्धक झाले बताउनुभयो । “अध्यादेश निष्क्रिय भएपछि रेल सेवा सञ्चालन गर्न कठिनाइ भएको थियो”, महाप्रबन्धक झाले भने, “अध्यादेश पुनः जारी भएपछि बाटो खुलेको छ ।”

Batas

गत फागुन १ गतेदेखि जयनगर–जनकपुरसम्म यात्रुविहीन रेल दैनिक एक पटक सञ्चालन भइरहेकामा अहिले एक महिनामा १५ दिन मात्र चल्न थालेको छ । “प्राविधिक रूपमा सबै तयारी भइसकेको छ, कर्मचारी नियुक्त भएर काममा खटिएका छन्”, उनले भने, “भाडा दर पनि निर्धारण भइसकेको छ ।” जनकपुर–कुर्था–जयनगरसम्म सामान्यतर्फ प्रतियात्रु रु ७० र वातानुकुलित सिटमा रु ३०० भाडा निर्धारण गरिएको छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.