www.tandavnews.com
Fact ~ In search of truth

थपिदै अटेरी उम्मेदवार

पोखरा ।
अटेरी उम्मेदवारको संख्या दिनानुदिन थपिदै छ । स्थानीय तहलाई दल रहित बनाउने उद्देश्य बोकेर पोखराबाट सुरु भएको अटेरी अभियानमा उम्मेदवारी दिनेको संख्या बढ्दै गएको हो । हालसम्म देशभर १ सय ५० जनाले आउदो स्थानीय तहबाट उम्मेदवारी घोषणा गरि सकेका छन् । पोखराबाट मात्रै १२ वडामा अटेरी उम्मेदवारी घोषणा भएको छ ।

तपाईंहरुलाई थाहै छ, अहिले अटेरी अभियानमा सामेल हुनेको संख्या दिनहुँ बढी रहेको छ । देशभर डेढ सय बढीको उम्मेदवारी घोषणा गरि सक्नु भएको छ,’ अटेरी अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीले भने, अरु साथीहरुसँग पनि सल्लाह हुँदै छ । १९ गते अरु साथीहरुको पनि उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ ।’

स्थानीय तहमा कस्तो खालको विकासको मोडल बनाउन सकिन्छ भन्ने विषयमा अहिले व्यापक छलफल पनि चलि रहेको उनले बताए । पोखराबाट गनेस पौडेलले पोखरा महानगरको मेयर पदमा उम्मेदवारी घोषणा गर्दै सुरुवात गरेको यो अभियान अहिले देशव्यापी बनेको छ ।पोखराका १२ वडा मध्ये ३,६,१०, ११, १३, १४, २०, २१, २४, २५,२६,२८ वडामा अटेरी अभियानको उम्मेदवारी घोषणा भई सकेको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.