www.tandavnews.com
Fact ~ In search of truth

लागू औषधको आसमा अदालतको ढोका फोड्ने पक्राउ

जीवन सुवेदी
पाेखरा,ताण्डव न्यूज ।
लागू औषधको दुव्र्यसनमा फसेका यूवाले कतिसम्म गर्न सक्छन भन्ने कुरा पोखरामा भएको एउटा घटनाले पुष्टि गरेको छ । लागू पदार्थ खान नपाएकै कारण अदालतको मूल ढोका फोडेर एक यूवा अदालत प्रवेश गरेको प्रहरीको भनाई छ । अदालतमा म्याद थपका लागि लगिँदा मुचुल्का गरी नष्ट गर्न राखिएका लागूपदार्थ देखेका अर्जुन परियारले लागू औषध पाईने आशामा रडको प्रयोग गरी ढोका फोडेर अदालतका मिसिल फाईलहरु समेत छरपष्ट पारे ।

घटनाबारे जानकारी पाएसंगै अनुसन्धान थालेको कास्की प्रहरीले अन्ततः अर्जुनलाई पक्राउ गर्न धेरै समय लगाएन । पहिलेपनि पटक पटक यस्ता मुद्धमा पक्राउ परेका अर्जुनलाई प्रहरीको सुक्ष्म अनुसन्धाले सहजै पक्राउ गरेको हो । पक्राउ परेका पोखरा १५ टुटुंगा बस्ने २७ वर्षीय परियारलाई आज पत्रकार सम्मेलन गरी परियारलाई सार्वजनिक गरिएको हो । परियारले अदालतको मुल भवन भन्दा पछाडिएको भवनमा तोडफोड गरेर मिसिलहरु खोतल्ने काम गरेको स्वीकार गरेका छन् । २७ वर्षीय परियारले आफूले लागूपदार्थ खोजी गर्नका लागि अदालतको ढोका फोडेर भित्र प्रवेश गरेको पक्राउ परेका परियारले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् । पक्राउ परेका परियार यसअघि पनि विभिन्न मुद्धामा ७ पटक सम्म पक्राउ परेका थिए ।

यसअघि उनी २०७६ चैत ९ गते लागू औषध कशुरमा कारागारबाट थुनामुक्त भएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले पक्राउ परेपछिको भिडियो क्लिप समेत सार्वजनिक गर्दै लागू पदार्थकै लागि उक्त घटना भएको बताए । अदालतको भवनमा रहेको ६ नम्बर इजलासमा रहेको फाटमा पसेर मिसिलहरु खोतलिएको भेटिएको उनले जानकारी दिए । जिल्ला अदालतको ठीक अगाडि वडा प्रहरी कार्यालय छ । चौबिसै घण्टा प्रहरी सुरक्षामा हुने अदातलको अगाडि गेटमा प्रहरीको २४ सै घण्टा ड्यूटी हुन्छ । तर मध्यरातमा पछाडिएको भागबाट अदालतभित्र बस्ने काम भएकाले अदालतको सुरक्षाका लागि विशेष पहल गरिने एसपी रमेश थापाले बताए ।

Batas

यसैबीच हत्याको अभियोगमा फरार रहेका अर्का एक यूवकलाई पनि आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाँउपालिका वडा नं. ८ चित्रे बस्ने २५ वर्षीय दिपक विक भनेर चिनिने शिरिस विक रहेका छन् । दिपकमाथि २०६९ सालको कार्तिक २५ गते पोखराको लेकसाईडस्थित कक्षा १० का विद्यार्थी मिथुन विकको हत्या गरेको आरोप छ । उक्त समयमा दिपक सहित अरु २२ जना विरुद्ध जाहेरी परेको थियो ।

उनीहरु विरुद्ध कास्कीको साविक धिताल गा.बि.स. वडा नं. ७ घर भई हाल पोखरा महानगरपालिका वडा नं.६ गौरीघाट लेकसाईड बस्ने वर्ष ४१ को मन बहादुर बि.क.ले जाहेरी दिएका थिए । हत्यापश्चात हालसम फरार रहेका विकले लामो समय सम्म भारत लुकीछिपी बसेर केही समय पहिला पोखरा आएका थिए । कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर कास्की प्रहरीले यहि चैत्र ९ गते कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ५ सल्यान स्थित आफन्तको घरमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको डि एसपी तिवारीले जानकारी दिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.