www.tandavnews.com
Fact ~ In search of truth

थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ सय ७१ जना सङ्क्रमणमुक्त

काठमाडौँ ।
मुलुकभर पछिल्लो २४ घण्टामा  थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  ।

४ हजार ३ सय ४२ नमुनाको परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज २ सय ७१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ६० रहेको छ ।

Batas

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ६४ हजार ३ सय ४७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.