www.tandavnews.com
Fact ~ In search of truth

निर्माण पूरा नहुँदै हतारिएर सरकारले ग¥यो पोखरा विमानस्थल ग्रहण

जीवन सुवेदी
पोखरा ताण्डव न्यूज ।
चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा निर्माण भईरहेको गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारलाई हस्तान्तरण भएको छ। निर्माण पूरा नै नभएको विमानस्थल चीन सरकारका विदेश मन्त्री वाङ यीले शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चाबी दिएर हस्तान्तरण गरे ।

भर्चुअल माध्यमबाटै चीनका विदेशमन्त्री यीले चाबी हस्तान्तरण गरेको भएपनि पोखरामा भने तामझामका साथ कार्यक्रम गरियो । पोखराको कार्यक्रममा सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले निर्माण कम्पनी सिएएमसिई अध्यक्ष ली यानसिनलाई कदरपत्र दिएर राम्रो काम गरेकोमा बधाई समेत ज्ञापन गरे । विमानस्थलका महत्वपूर्ण काम अझै बाँकी रहेपनि मन्त्री आलेले भने विमानस्थल कम्प्लिट भैसकेको बताए । उनले भने “मलाई लाग्छ अब यो विमानस्थल कम्प्लिट भैसक्यो, अब पोखराको एयरपोर्ट कम्प्लिट भैसक्यो ।’ पोखराको विकास तीव्ररुपमा हुने उनको भनाई थियो । ‘पर्यटन व्यवसायीहरु अब होटल थप्नुस् । विदेशबाट पर्यटक आउँदा होटल भएन भने बेइज्जत हुन्छ,’ उनले भने, ‘विमानस्थलको काम अहिले नै सकियो ।

अब तपाईंहरु अघि बढ्नुस् । चाहे प्याराग्लाइडिङ होस्, चाहे गल्फ होस् । चाहे अन्य मनोरञ्जनको कुरा होस्, पूर्वाधार कम्प्लिट गर्नुस् ।’ तर मन्त्री आलेले भनेजस्तो विमानस्थल निर्माण सम्पन्न भने भएको छैन । विमानस्थल सञ्चालनका लागि आवस्यक पर्ने धेरै कामहरु अझै बाँकी छन् । उसो त काम नसकिँदै विमानस्थल हस्तान्तरण गरको भन्दै चिनियाँ प्रतिनिधिहरु नै असन्तुष्ट रहेको बताइएको छ । कार्यक्रममा बोल्दै निर्माण कम्पनीका अध्यक्ष ली यानसिनले यो एयरपोर्ट दक्षिण एसियाली मुलुककै लागि यातायातको हव बन्ने बताए । चाबी हस्तन्तरण भए पनि विमानस्थलको वित्तीय प्रगति ७४ प्रतिशत पुगेको छ ।

Batas

चीन सरकारको सहुलियत ऋणमा २०१७ नोभेम्बर १ मा काम सुरु भएको विमानस्थल निर्माण कम्पनीले २०२१ जुलाई १० मा सक्नुपर्ने थियो । तर, कोरोना महामारीको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले निर्माण समय १ वर्ष थप ग¥यो । २०२२ को जुलाई १० अगावै आयोजनाका सक्ने भनिएको छ । तर, केही पूर्वधार बन्ने नबन्ने अन्योल छ । उडान भर्न चाहिने पूर्वाधार कसले बनाउने भन्नेमै आयोजना अड्किएको छ । विमानस्थलको टर्मिनल भवन, पेरीफेरी रोड, रनवे, २५ मिटर ह्यांगर, ट्क्याक्सी वेका काम सकिएका छन् । विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, केही भौतिक पूर्वाधारका बाँकी काम छन् ।

विमानस्थलमा ४ वटा एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङ गर्न सकिने संरचना बनेका छन् । विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक पर्ने पूर्वाधार नबन्दा तोकिएको मितिमा सञ्चालनमा आउनेमा आशंका छ । पोखरा विमानस्थलमा आर्मी ब्यारेक निर्माण, विमानस्थलको पूर्वपट्टि रहेको रिठेपानी डाँडा कटान, विमानस्थल बाहिर उत्तरतर्फ करिब ४ किलोमिटरदेखि बग्ने पानीको उचित व्यवस्थापन, नजिकै रहेको ल्यान्डफिल साइट व्यवस्थापन, मुआवब्जाको व्यवस्थापन लगायतका काम बाँकी छन् ।

विमानस्थल सञ्चालनमा आएपछि १ सय ५० देखि १ सय ८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले यहाँ उडान भर्न सक्छन् । जहाजले पूर्वबाट मात्र उडान भर्नुपर्छ । यो विमानस्थलबाट दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ आन्तरिक उडान हुन सक्ने प्राधिकरणले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.