www.tandavnews.com
Fact ~ In search of truth

वाङ र ओलीबीच भेटवार्ता

काठमाडौं ।
नेपालको तीन दिने भ्रमणमा रहनुभएका चीनको राज्यपरिषदका सदस्य एवं विदेशमन्त्री र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता शुरु भएको छ ।

भेटवार्तामा एमालेका अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र विदेश विभागका प्रमुख राजन भट्टराई, पूर्वराजदुत डा.अन्जान शाक्य, एमाले केन्द्रीय सदस्य एवम् मदन भण्डारी फाउण्डेसनकी सचिव पेम्बा लामा र विदेश विभाग सदस्य एवम् फाउण्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी सहभागी छन्।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.