www.tandavnews.com
Fact ~ In search of truth

अटेरी अभियानको चुनाव लक्षित छलफल

पोखरा ।
अटेरी अभियानले पोखरामा चुनाव लक्षित छलफल गरेको छ । विभिन्न क्षेत्र, वर्गका अभियन्तासँग भेटेर अभियान्ताहरुले छलफल गरेका हुन् ।

छलफलमा घोषणापत्रमा भएका मुलभुत विषयबारे सारांश साथै उम्मेद्वारहरुको आंचारसंहिता जारी पनि गरिएको छ । अटेरी अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार आगामी कार्यक्रम कस्तो गर्नेबारे छलफल गरिएको हो । ‘हाम्रो आगामी कार्यक्रम कस्तो हुने भन्ने बारेमा नै छलफल ग¥यौं । उम्मेद्वार, अभियान आंचारसंहिता र घोषणापत्रमा जारी भएका मुलभुत विषयबारे पनि सारांशमा छलफल सम्पन्न भयो,’ उनले भने ।

यो अभियानले जनतासामु पुगेर अभियानबारे छलफल गर्ने र आफ्ना योजना बुझाउनेबारेमा पनि छलफल गरि रहेको छ । आउँदो १९ गते स्वतन्त्र उम्मेदवारहरुको पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको उनले सुनाए ।
अहिले अटेरी अभियान घर टोलमा पुग्ने कार्यक्रम भई रहेको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.