www.tandavnews.com
Fact ~ In search of truth

सर्लाहीमा बस दुर्घटनामा चारको मृत्यु

मलङ्गवा।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको उनले जानकारी दिए । घाइतेको लालबन्दी, नवलपुर र हरिवनमा उपचार भइहरको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र बाहिर पठाउने क्रम चलिरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालकसमेत घाइते भएका छन् ।

Batas

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्ताल मलङ्गवमा ल्याइएको छ भने मृतक तथा घाइतेहरुको पहिचानको काम भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.