www.tandavnews.com
Fact ~ In search of truth

एक गैंडा मृत भेटियो

चितवन।
दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो । गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैंडा मरेका छन् । तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए ।
रासस

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.