www.tandavnews.com
Fact ~ In search of truth

व्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्र्तक्रिया सम्पन्न ।

पोखरा।
नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी गण्डकी प्रदेशको आयोजनामा आइतबार व्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित व्यवसायीले कोविडको पछीको समय बैंकहरुले कर्जा दिन आनाकानी गरेको भन्दै गुनासो व्यक्तगरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमीका केन्द्रिय अध्यक्ष रोशनी उपाध्यायले अहिले धेरथोर लगानी गरेर उद्यमशील बन्दै गएको बताउनुभयो । उनले उद्यममा केही समस्या भएकाले अव समस्या समाधान गर्न पनि अग्रसर हुन आग्रह गरे ।
उपाध्यायले कुनै व्यवसायीको गुनासो पछि बैंकहरुले बिना धितो कुनैपनि क्षेत्रमा कर्जा उपलब्ध गराउन नसक्ने बताएका थिए । उनले भने, आफ्नो घरमा त कुनैपनि कुनै कामकाजमा कारोवार हुदाँ स्पटीकरण दिन पर्छ भने यो त सरकारी कामकाज भएकाले विना आधार उद्योग व्यवसाय गर्न नदिने बताए ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव भक्त भण्डारीले कोविडका कारण नेपालमा व्यवसायी उद्यमीहरुलाई प्रत्यक्ष असर परेकाले सहयोग गर्ने र व्यवसायलाई कसरी चलायमान गराउने भन्ने कार्यविधि निर्माण भएको बताएो ।
नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमी कास्कीका अध्यक्ष चिनु गुुरुङले व्यवसायका लागि प्रदेश सरकारबाट भएको सुचना प्रवाह गर्न सामाजिक सञ्जालले आफुुहरुलाई फाइदा पु¥याएको बताए । कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र नेपाल राष्ट्र बैंक पोखराले सहजीकरण गरेका थिए ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.