www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय चुनावमा कास्कीमा ३१ दल

पोखरा।
आसन्न स्थानिय तहको निर्वाचनका लागि कास्कीमा २५ दल दर्ता भएका छन् । ३० बैशाकमा हुने स्थानिय तह निर्वाचनका लागि दलहरुले निर्वाचन आयोगमा दर्ता गराएका हुन ।

आमूल परिवर्तन मसिह पार्टि नेपाल, राष्ट्रिय जनमुक्ति पार्टि, विवेकशील साझा पार्टि, जनमत पार्टि, सामाजिक एकता पार्टि, राष्ट्रिय नागरिक पार्टि, नेपाली कांग्रेस वीपी, राष्ट्रिय प्रजातन्त्र पार्टि, नेपाल दलित पार्टि, नेपाल परिवार दल, मंगोल नेसनल अर्गनाईजेसन, सझा पार्टि नेपाल, नेपाल सुशासन पार्टि, मौलिक जरोकिलो पार्टि, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, उन्नत लोकतान्त्रिक पार्टि, राप्रपा नेपाल, जनसमाजवादी पार्टि, देशभक्त समाज, नेपाली जनता दल, नेमाल कम्युनिस्ट पार्टि माओवादी समाजवादी, नेपाल कम्युनिस्ट पार्टि (समाजवादी), राष्ट्रिय जनमोर्चा, सचेत नेपाली पार्टि र बहुजन शक्तिपार्टि दर्ता भएको निर्वाचन आयोगको गण्डकी प्रदेश कार्यलयका सूचना अधिकारि रुद« न्यौपानेले जानकारि दिए।

निर्वाचन आयोगल आफ्नौ निर्वाचन चिह्न लिनका लागि तोकेको समयमा राष्ट्रिय दलको मान्यता प्राप्त दलको जिल्ला स्तरको संगठनात्मक संरचना –जिल्ला समिति) जरुरि हुने जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केँद«), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टि(जसपा) र लोकतान्त्रिक समाजवादी(लोसपा) ले भने जिल्लामा विवरण बुझाउनु नपर्ने निर्वाचन कार्यलय प्रदेशका प्रमुख हुमनाथ पराजुलीले बताए ।

Batas

निर्वाचनमा उठ्ने उमेदवारलाई सोही दलको निर्वाचन चिह्न दिनका लागि राष्ट्रिय दल बाहेकका दललाई जिल्ला स्तरको संगठन संरचनाको विवरण ६ चैतभित्र पेस गर्न आयोगले समय दिएको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.