www.tandavnews.com
Fact ~ In search of truth

आँधिखोला-३ : वडाध्यक्षकै संलग्नतामा किर्ते गरेर नागरिकता !

पोखरा
ताण्डव न्यूज ।

नेपाली नागरिकता प्रमाण पत्रकालागि वडा मुचुल्कामा किर्ते सही गरिएको भन्दै कारवाहीको माग गरिएको छ ।

स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका-३ का वडाध्यक्ष विष्णु बहादुर खत्रिकै संलग्नतामा मुचुल्काका लागि किर्ते सही गरि नागरिकताका लागि सिफारिस गरिएको पीडितहरुले बताएका छन् । उक्त कार्यमा संलग्नहरुलाई कारवाहीको माग गर्दै आज (बुधबार) जिल्ला प्रशासन कार्यालय स्याङ्जामा ५ जनाले संयुक्त निवेदन दिएका छन् ।

Batas

निवेदन अनुसार कृष्ण प्रसाद पौेडेल भन्नेकी छोरी सोनु पौडेलको नाममा नागरिकता बनाइएको छ । तर कृष्ण प्रसाद पौडेलको सोेनु पौडेल नाम गरेको छोरी नै नभएको निवेदकले जनाएका छन् ।

‘आँधिखोला गाउँपालिका ३ पाख्रीबोेटमा कृष्ण प्रसाद पौडेल नाम गरेका ब्यक्ती हुनुहुन्छ तर वहाँकी सोनु पौडेल नाम गरेकी छोरी छैनन् । निजलाई नागरिकताको प्रमाणपत्र प्रदान भएमा फरक पर्दैन भनी हामीहरुले वडा मुचुल्का गरिदिएका हैनौेँ, छैनौेँ ।गैह्र नेपाली नागरिकलाई वा अर्कैकी छोरीलाई कृष्ण प्रसादकी छोरी हुन भनी बदनियत पुर्वक आफुले लाभ लिई नागरिकताको प्रमाण पत्र दिलाई दिने प्रपञ्च गरेका ब्यक्तीहरुले नै हामीहरुको नाम उल्लेख गरी वडा मुचुल्का खडा गर्ने र हाम्रोे सहीछाप निजहरुकै जाल प्रपञ्चबाट हामी सिधासादा नागरिकहरुको नाम राखी फसाउने नियतले हामीहरुको किर्ते सही गरी त्यस्तो वडा मुचुल्का खडा भएको हुनसक्छ’ निवेदनमा उल्लेख छ ।

यसबारे वडाध्यक्ष खत्रिलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

यता जिल्ला प्रशासन कार्यालय स्याङ्जाकी सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी नमिता रेग्मीले निवेदन उपर छलफल भइरहेको बताइन् । ‘निवेदन आएको छ । उहाँहरु प्रशासनको सम्पर्कमा हुनुहुन्छ’ उनले भनिन् ।

हेर्नुहोस् निवेदन

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.