www.tandavnews.com
Fact ~ In search of truth

सुकुम्वासी वस्तिमा प्रभावकारी बन्दै पूर्वाधार विकास योजना

पोखरा।
सानो रकमले पनि जनताका साझा आवश्यकता पुरा गर्न सकिन्छ भन्ने यहाँको एक सुकुम्वासी वस्तीका वासिन्दा उदाहरणीय बनेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १५ पट्नेरीस्थित सुकुम्वासी वस्ती बीचको बाटो ढलान गरेपछि सो क्षेत्रका वासिन्दाले यतिखेर केही हदसम्म भएपनि सुविधा सहित सुरक्षाको अनुभूति गरेका हुन । निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको तीन लाख रुपैया सहित साढे पाँच लाख रुपैयाको लागतमा नाला र सात मिटर चौढाईको ६० मिटर लम्वाई बाटो ढलान गरेको योजनाको स्थलगत अनुगममा पुग्नु भएका गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा समक्ष स्थानीय वसिन्दाले बताए ।

पूर्वाधार विकास योजना अन्तर्गतका २९ लाख रुपैया बराबरका बिभिन्न सातवटा योजनाको स्थलगत अनुगमन गर्दै उनले उपभोक्ताको सकृयतामा भएका विकास निर्माण तोकिएको समय र गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।

Batas

यस क्षेत्रमा खानेपानी, सडक निर्माणसंगै अन्य आवश्यकता परिपूर्तिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उपसभामुख शर्माले भनिन त्यसका लागि स्थानीय वासिन्दाहरु संगठित भएर लाग्नु अपरिहार्य छ । प्रदेश सभा सदस्य कृष्ण थापा र उपसभामुख शर्माको निर्वाचन क्षेत्र पूर्वाधार विकास योजनाको आठ लाख रुपैयाबाट उक्त योजना सहित ढुङ्गेसाँघुचोक सडकमा कल्भर्ड र टुटुङगामा नाला निर्माण कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष मुक्तिलाल गुरुङले जानकारी दिए।

टुटुङगादेखि परोपकार महासंघको आश्रम हुँदै पटनेरीको वस्तिसम्म पुग्ने बाटो र ढल निर्माण नहुँदा प्रत्येक बर्षाको मौसममा वस्ती उच्च जोखिममा पर्दै गरेको बताउँदै उनले प्राकृतिक श्रोत भएर पनि कतिपय घरमा अहिलेसम्म खानेपानीको सुविधा पुग्न नसकेको गुनासो गरेका थिए ।

भेलामा उपस्थित स्थानीय वासिन्दाले खुशी हुँदै भने जोखिमपूर्ण कच्चि भिरालो बाटो ढलान भएपछि आवतजावतमा सुविधा पुग्नुको साथै दुर्घटनामा समेत कमी आएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.