www.tandavnews.com
Fact ~ In search of truth

एमालेलाई पाँच दलीय गठबन्धनले प्रभाव नपार्ने : अध्यक्ष ओली

भक्तपुर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी पार्टीलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले काम गरिरहेको बताएका छन ।

आज भक्तपुरमा सूर्य विनायक हरित कृषि तथा थोक बजार प्रा.ली.को उद्घाटन गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिन दिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले मनोनयनका लागि आयोगले एक हप्ता दिए पनि आफूहरूलाई फरक नपर्ने उनको तर्क थियो ।

Batas

अध्यक्ष ओलीले एमालेसँग एक्ला एक्लै लड्न सक्ने क्षमता कुनै पनि राजनीतिक दलहरूसँग नरहेको बताए । अध्यक्ष ओलीले एमालेलाई दलीय गठबन्धनले प्रभाव नपार्ने बताए ।

उनले भने, “यदि एउटा तराजुमा एक/एक केजीको पाँच वटा ढक एकातिर राख्याे, अनि क्विन्टलको ढक एकातिर राख्याे भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढक जस्तो हो । गठबन्धन भनेको एक/एक किलोका ढक हुन् ।”

उनले सत्ता गठबन्धनका नेताहरूले चुनावी गठबन्धन नगरी जितिँदैन भन्ने बुझेको तर गठबन्धन गर्दा पनि जितिँदैन भन्ने एमालेले बुझाउने बताएका छन । उनले भने, “एक्लै नेकपा एमालेसँग लड्छु भन्ने कुरा नचिताए हुन्छ ।”

एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाईँले दुई अर्बको लगानीमा ‘सूर्य विनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालनमा ल्याएका छन् ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.