www.tandavnews.com
Fact ~ In search of truth

एमाले एक्लै चुनाव लड्छ : अध्यक्ष ओली

भक्तपुर।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन्।

व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै उनले एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताएका छन् ।

अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने पनि बताए । उनले भारतसँग मात्र नभएर चीनसँग पनि पारवहन सम्झौता भएको उल्लेख गर्दै नेपालले समुद्रबाट पनि सामान ल्याउन सक्ने र ठूला जहाज आउन सक्ने बन्दरगाह खोलेको बताए।

Batas

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एमाले सांसद महेश बस्नेतले देशमा स्थानीय तहको निर्वाचन आएसँगै एमालेको लहर आएको दाबी गरे ।

त्यसअवसरमा व्यवसायी दुर्गा प्रसार्इंले भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएको जानकारी दिए।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.