www.tandavnews.com
Fact ~ In search of truth

डढुवामा २२ गतेदेखि ‘चैते दशैं मेला’ उपाधि राशी डेढ लाख

पाेखरा।
लम्जुङको मध्यनेपाल ८ डढुवा दुर्छामा आगामी २२ देखि २७ गतेसम्म ‘ऐतिहासिक चैत्र दशैं मेला–२०७८’ आयोजना हुने भएको छ ।

स्थानीय क्लब क्रियटिभ युथ कलबको आयोजनामा मेलामा मुख्य आकर्षणको रुपमा राष्ट्रब्यापी खुल्ला सेभेन ए साइड पुरुष तथा महिला फुटबल प्रतियोगितालाई समावेश गरिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

क्लबका अध्यक्ष तथा मुल आयोजक सकिति संयोजक चन्द्र प्रसाद गुरुङका अनुुसार पुरुष फुटबल तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ५० हजार प्रदान गरिनेछ । भने उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ८० हजार प्रदान गरिनेछ ।

Batas

त्यसैगरी महिला तर्फको विजेता टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजारले पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए । उनका अनुसार दोस्रो हुने टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्राप्त गर्नेछ ।

पुरुषतर्फ प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडी र सर्वाधिक गोलकर्तालाई ट्रफी सहित जनही ५/५ हजार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

उनले पुरुष तर्फ टिम दर्ता शुल्क ७ हजार रुपैया निर्धारण गरिएको बताउदै महिलातर्फ भने कुनै शुल्क नलाग्ने बताए । ‘अहिले विभिन्न ठाउँहरुमा फुटबल प्रतियोगिता भैरहेका छन् । सबैतिर हेरेर हामीले पनि देशव्यापी खुल्ला सेभेन ए साइड प्रतियोगिता राखेका छौ, उनले भने, ‘हाम्रो प्रतियोगितामा गण्डकी प्रदेशबाटै आउँनुहुन्छ । टिम दर्ता गर्ने रकम हामीले सामाजिक कार्यमै लगाउनेछौ ।’

उक्त प्रतियोगितामा स्थानीय स्तरका खेलाडीहरुले समेत भाग लिने बताउदै खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राखे । ‘हाम्रो प्रतियोगितामा स्थानीय तहका खेलाडीहरुले खेलकौशल, सीप र दक्षता अभिवृद्धि गर्नेमा विश्वस्त छौ, अध्यक्ष गुरुङले भने, ‘यस खेलबाट राष्ट्रिय लेभलका खेलाडी उत्पादन गर्न सघाउ पुर्याउनेछ । साथै डढुवा गाउँलाई पर्यटकीय गाउँको रुपमा चिनाउनेछ ।’

उनका अनुसार क्लबले खेलकुदको क्षेत्रमा सामाजिक क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।

सो फुटबल प्रतियोगितामा पुरुष तर्फ अनुमानित ४० टिम र महिला तर्फ १० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । एक हप्ता सञ्चालन हुने सो मेलामा छेलो प्रतियोगिता र तमु समुदायमा आधारित विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिएको आयोजकले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.