www.tandavnews.com
Fact ~ In search of truth

शुभतारा थ्रि एन्जल्स मिसन स्कूलको ११औँ वार्षिकोत्सव एवं अभिभावक दिवस मनाईयो

पोखरा।
“बालबालिकाको सर्वाङ्गीण विकाकाशका लागि शिक्षा” भन्ने मुल नाराका साथ पोखराको नयाँगाउमा सञ्चालित शुभतारा थ्रि एन्जल्स मिसन स्कूलले आफ्नो एघारौँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवस कार्यक्रम गरेको छ ।

बुधबार थ्रि एन्जल्स कम्पलेक्सको सभाहलमा आयोजना गरिएको कार्यक्रममा विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य रमेश पाण्डेले पुरानो ढाँचाको शैक्षिक अवस्थालाई परिवर्तन गर्दै आधुनिक र यूग सुहाउँदो शिक्षाको बाटोमा विद्यालय अघि बढिरहेको बताए ।

विद्यालयमा आधुनिक प्रविधि जडान, डिजिटल बोर्ड र ल्यापटपको प्रयोग गरी पठनपाठन एवं व्यवहारिक ढंगबाट पठनपाठन भईरहेको बताए । विद्यालयप्रति आम अभिभावकको विश्वासकै कारण सफलताको बाटोमा पुगेको धारणा राखे । “हामीले सन् २०११ मा १४ जना विद्यार्थीबाट विद्यालय सुरुवात गरेका थियौँ” उनले भने “अहिले हामीसंग ५ सय जना विद्यार्थी हुनुहुन्छ ।” विद्यालयलाई प्रविधि युक्त बनाउन ३० जना शिक्षकहरु प्रत्येकलाई ल्यापटप समेत उपलब्ध गराईएको र भविष्यमा विद्यार्थीहरुलाई पनि ल्यापटपकै प्रयोगमा जोड दिने लक्ष्य रहेको उनको प्रतिवद्धता थियो ।

Batas

“हामीले व्यवहारिक शिक्षामा जोड दिएकै कारण लकडाउनकै समयमा पनि ब्रिटिस काउन्सीलले प्रदान गर्ने ईन्टरनेशनल स्कूल अवार्ड (आईएसए) प्राप्त गर्न सफल भयौँ ।” उनले भने “पोखरामा हामीले बोडिङ स्कूल भन्दा छुट्टै र अन्र्तराष्ट्रिय स्तरको शिक्षा दिने अभियान सुरु गरिसकेका छौँ र यसका लागि पहल पनि भईरहेको छ ।” प्राचार्य पाण्डेले आगामी दिनमा पोखरा ३१ मा रहेको आफ्नै जग्गामा सुविधासम्पन्न विद्यालय निर्माण थाल्ने जानकारी समेत दिए ।

सो अवसरमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले विद्यालय राम्रो बनाउन, विद्यार्थी, अभिभावक र शिक्षकको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । विद्यार्थीले पनि आफ्नो निर्दिष्ट लक्ष्य तय गरेर अघि बढेमा सफल हुन सकिने उनको धारणा छ । कुनैपनि काम योजना विना सम्पन्न नहुँने चर्चा गर्दै अध्यक्ष पौडेलले सिर्जशीलता र जिज्ञाशु बन्न विद्यार्थीलाई अनुरोध गरे । विद्यालयले असल कर्म गरेकाले परिणाम पनि राम्रो हुँदै गएको भन्दै अध्यक्ष पौडेलले वडा नं १५ को शैक्षिक विकासमा शुभतारा थ्रि एन्जल्स मिसन स्कूलको भूमिका महत्वपूर्ण रहेको बताए ।

सम्पूर्ण अभिभावकहरुको तर्फबाट भनाई राख्दै हिमालयन लाईफका प्रमुख कार्यकारी चनमन श्रीमलले बोलेर मात्र नभई काम गरेर देखाउनुपर्ने बेला आएको बताए । बालबालिकालाई असल कुरा सुन्न पाउने अवसर, असल कुरा हेर्न पाउने अवसर र असल कर्ममा सहभागी हुन पाउने अवसर दिन सके उनीहरु सफल हुने उनको भनाई थियो । घरबाटै उचित वातावरण पाएमा मात्र विद्यालयले दिएको शिक्षा बालबालिकाले ग्रहण गर्न सक्ने भएकाले अभिभावकहरुले विशेष ध्यान दिएर उनीहरुलाई सहजीकरण गर्न सक्नुपर्ने उनले बताए ।

सभाध्यक्षको आशनबाट बोल्दै थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी डा. राजेन्द्र गौतमले बालबालिकाहरु काँचो माटो सरह रहेको भन्दै उनीहरुको भविष्यप्रति विद्यालय गम्भीर रहेको बताए । अभिभावकले विद्यालयप्रति गरेको गरेको विश्वासलाई टुट्न नदिने उनको प्रतिवद्धता थियो । अबको यूग आधुनिकता तर्फ अघि बढीरहेको भन्दै डा. गौतमले विद्यालयलाई प्रविधिमैत्री बनाउन हरसम्भव प्रयास भईरहेको जानकारी दिए ।

सोही अवसरमा कक्षा १ देखि १० सम्मका प्रथम र द्वित्तिय स्थान हासील गर्न सफल विद्यार्थीहरुलाई अवार्ड समेत प्रदान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि प्रकास पौडेल, थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतम र संस्थापक एवं प्रमुख कार्यकारी डा. राजेन्द्र गौतमले अवार्ड प्रदान गरे । कक्षा १, २, ३, ४, ५, ६, ७, ८, ९, र १० मा क्रमश ः सुजन प्रजा, पूर्णिमा खाँड, ग्रेसी कठायत, प्रतिज्ञा श्रेष्ठ, सन्जोग चौधरी, पूर्वशी खाँड, सफल भट्ट, लाक्पा छोञ्जुम गुरुङ, सन्तोष कुँवर र रजनिता केसी प्रथम हुन सफल भए । त्यस्तै अनुष्का गुरु«ङ, लियोरथिङ लामा, अन्जु केसी, उपेन्द्र उपाध्याय, सिकायना गौतम, दुर्गा नेपाली, रोजिना रानाभाट, सुदिक्षा पाण्डे, शंकर नेपाली र दिविसा बरालले दोश्रो स्थान हासील गर्दै अवार्ड प्राप्त गरे ।

सो अवसरमा कक्षा नर्सरी देखि १० सम्मका विद्यार्थीहरुले समूहगत रुपमा साँस्कृतिक एवं मौलिक, झ्याउरे, तामाङसेलो, साकेला, कौरा नृत्य, नेपाली तथा अंग्रेजी नाटक र गायनकला समेत प्रस्तुत गरेका थिए । कक्षा १० का छात्रा रजनीता केसी र सुवास विकले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका कक्षा ९ की कोमल शिंह, र कक्षा १० का शिशिर गुरुङ, रजनिता केसी र सुवास विकले गरेका थिए ।

सो अवसरमा उच्च बार एसोसियसनका पूर्वअध्यक्ष अधिवक्ता दयाराम गौतम, नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य शिव भण्डारी, थ्रि एन्जल्स नेपालका सल्लाहकार बलराम पौडेल, क्याप्टेन नरेश थापा, कोशेली प्रकाशनका सञ्चालक गोपाल ध्वजु, जनजागृति आमा समूहका अध्यक्ष विमला गुरुङ, तल्लो नयाँगाउ टोल विकास संस्थाका उपाध्यक्ष विष्णु आचार्य, सन्देश मार्ग संयोजक विष्णुप्रसाद भण्डारी,समाजसेवी शिव बहादुर बानिया, नेपाल रेडक्रस सोसाईटी वडा नं १५ का सभापती कमल पौडेल लगायतको सहभागिता थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.