www.tandavnews.com
Fact ~ In search of truth

सवारी दुर्घटनामा मृत्यु

राजविराज।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ रञ्जीतपुरमा आज भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विद्युत् कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नं को बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख २६५८ नं को टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।

सो ठक्करबाट बोलेरोका चालक बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बोदेबर्साइन नगरपािलका–१० का ३० वर्षीय शैलेश यादव, ३० वर्षीय महेश चौधरी, वडा नं ५ का २६ वर्षीय बृजेशकुमार यादव, ३० वर्षीय जयशङ्कर साह र सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय अरुणकुमार सिहं घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.