www.tandavnews.com
Fact ~ In search of truth

ट्र्याक्टरले ठक्कर दिँदा मृत्यु

जलेश्वर।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँमा शनिबार साँझ ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीया देवकली देवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

स्थानीय २७ वर्षीय इजमामुल मन्सुरले गाउँको भित्री सडकखण्डमा चलाउँदै गएको ज१त ९९४८ नंको ट्र्याक्टरले सडकमै हिँडिरहेकी देवकलीलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.