www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय युवा संघ नेपाल पोखरा १० को अध्यक्षमा कार्की

पोखरा ।
राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा सन्तोष कार्की चयन भएका छन । राष्ट्रिय युवा संघ नेपालको पोखरा महानगर १० को वडा भेला तथा प्रथम अधिवेशनले सन्तोष कार्कीको अध्यक्षतामा ४७ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।

हालै सम्पन्न अधिवेशनबाट जुझारु युवा सन्तोष कार्कीको संयोजकत्वमा नया कार्यसमिति चयन गरिएको थियो । कमिटिको उपाध्यक्षमा शंकर नेपाली, सचिवमा अनुज सुवेदी, कोषाध्यक्ष आयुषा ब्रखेल, उपसचिविमा डेविड डिमडुङ तामाङ र शेर वहादुर गुरुङ चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा फारम गुरुङ, कुमार कार्की , शिव थापा, पुष्प श्रेष्ठ, अर्जुन तिमिल्सिना, आशिष कार्की, दिपिन गुरुङ, निकेश लामा गुरुङ, शश्मान गुरुङ, प्रशान्त गुरुङ, प्रतिविम्व चिलवाल, सुजन गुरुङ, दीपेन्द्र क्षेत्री, सचेत परियार, कोङ गुरुङ, प्रविन गुरुङ, संजय गुरुङ, पवन गुरुङ, पुष्पा बिक, संजिब अधिकारी, शिशिर भुजेल, कुमार ( हरि बहादुर कार्की) ,सुमन परियार, नवराज नेपाली, नविन थापा, बिराज गुरुङ, निशान राना, रोशन गुरुङ, सन्दीप पुन, रोशन पुन, युवराज गुरुङ, उत्सव थापा, सपना लामा, अनिश पुन, आशिष थापा, विश्वास पुन, विनायक शर्मा सुवेदी, उत्तम जिसी, आश्चल शर्मा, सफल शर्मा, सचिन भुजेल, निरज खड्का र राम गुरुङ चयन भएका छन । नव निर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय युवा संघका केन्द्रीय सचिव उवं गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङले  सपथ ग्रहण गराएका थिए ।

Batas

उक्त अवसरमा नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङ, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश अध्यक्ष महेन्द्र गुरुङ, युवा सङ नेपालका जिल्ला अध्यक्ष पान बहादुर जिसि, महनगर अध्यक्ष शंकर भन्डारी, पार्टी महानगर कमिटी अध्यक्ष दिलिप न्यौपाने , नेता हरु राम थापा, माधव बास्तोला लगायतले शुभकामना मन्तब्य राखेका थिए । युवा कमिटिका संयोजक राजेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले वडा कमिटि अध्यक्ष सूर्य बानियाले स्वागत मन्तब्य राखेका थिएभने कमल बस्नेतले धन्यवाद मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सचिव राजु श्रेष्ठले गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.