www.tandavnews.com
Fact ~ In search of truth

‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन ओलीको आग्रह

काठमाडौँ।

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा साथ दिन आग्रह गरेकाछन् ।

एमालेको जनसङ्गठन राष्ट्रिय बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले राष्ट्रको समृद्धि र राष्ट्रिय हित चिताउने तथा जनताको सेवाका लागि समर्पित हुन आह्वान गरे । पूर्व प्रधानमन्त्री ओलीले राजनीतिलाई आर्थिक नाफाको विषय बनाउने र व्यक्तिगत स्वार्थपूर्तिमा लाग्नेहरूले देश बनाउन नसक्ने दाबी गर्दै एमाले समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गराउने

अभियानमा आफ्नो पार्टी प्रतिबद्ध रहने बताए । अध्यक्ष ओलीले आशन्न स्थानीय तहको निर्वाचनका लागि सक्रियतापूर्वक लागेर एमालेका उम्मेदवारलाई विजयी बनाउन बुद्धिजीवीहरूलाई आग्रह गर्नुभएको थियो ।
रासस
–––

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.