www.tandavnews.com
Fact ~ In search of truth

गठबन्धन गर्दा महिला अधिकार सुनिश्चित हुनु पर्दछ –उपसभामुख शर्मा

पोखरा।
गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्थानीय निर्वाचनमा हुने जुनसुकै गठवन्धनमा महिला अधिकार सुनिश्चित हुनु पर्ने बताएकी छन् ।

राष्ट्रिय महिला आयोगद्धारा सोमबार पोखरामा आयोजित प्रदेश स्तरीय महिलाको नीतिगत तहमा पहुँज स्थापित गराउन राजनीतिक सहभागिता र सशक्तिाकरण बिषयक अन्तरकृया कार्यक्रममा उनले गठबन्धनका नाममा महिला अधिकार कुण्ठित हुन नहुनेमा बताइने ।

निर्वाचनमा गठबन्धन गर्ने पार्टी बीच प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पदमा एकजना महिला हुनु पर्नेमा जोड दिंदै उपसभामुख शर्माले भन्नुभयो, संवैधानिक हक अधिकारका लागि महिलाहरु संगठितmपार्टीमा सशक्तरुपमा भूमिका खेल्नु पर्नेमा आवश्यकता औल्याइन् ।

Batas

विगतका निर्वाचनमा थैलिको मुख खोलर सहयोग गर्दै आएका महिलाहरुलाई यस पटकको निर्वाचनमा सेफ खोले सहयोग गर्न पुरुषहरुलाई आग्रह गर्दै उनले महिलाहरु आर्थिक, सामाजिक र राजनैतिक रुपमा सक्षम हुनु पर्नेमा जोड दिइन् । संवैधानिक अधिकार अनुसार मुलुकका सवै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता गराउन राजनैतिक पार्टी एवम् निर्वाचन आयोगको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्दै उपसभामुख शर्माले त्यसका लागि महिलाहरु नेतृत्व विकास र उद्यमशिल हुँदै आर्थिक रुपमा सशक्त भएर अघि बढ्नुको विकल्प नभएको बताइन् ।

संविधान सभा सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य विकास लम्सालले समानतामूलक समाज निर्माणमा सबै लाग्नु पर्नेमा जोड दिंदै प्राप्त अधिकारलाई आधार बनाएर थप अधिकारका लागि महिलाहरु संगठित भएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए । जिल्ला समन्वय समितिका कास्कीका उपप्रमुख सावित्री भण्डारीले कर्तव्य पुरा गरेर अधिकार खोज्नु पर्ने बताउँदै स्थानीय निर्वाचनमा महिलालाई अगाडि बढाउन सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.