www.tandavnews.com
Fact ~ In search of truth

कास्की लिग जारी, मंगलबार सकिए ७ खेल

पोखरा।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा मंगलबार ७ खेल सम्पन्न भएको छ ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार पोखरा २५ स्थित गौरीशंकर खेलमैदानमा ४ र रङ्शालाको वैकल्पिक खेलमैदामा ३ गरी मंगलबार कुल ७ खेल सकिएको हो ।

रङ्गशाला स्थित वैकल्पिक खेल मैदानमा भएको पहिलो खेलमा सत्य युवा क्लब (बि–१३) ले लेकसाईड क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए ।

Batas

उनका अनुसार सत्य युवा क्लबको जितमा उपेन गुरुङले १९ र २१ औं मिनेटमा २ गोल गरे भने जिवन तामाङले २३ औं मिनेटमा र प्रशान्त गुरुङले २६ औं मिनेटमा र सन्दिप गुरुङले २८ औं मिनेटमा गोल गरे । उक्त जितसँगै सत्य युवा क्लबले ३ अंक बटुलेको छ ।

यसैगरी दोस्रो खेलमा शितलज्याती युवा क्लबले भदौरे युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्याे । शितलज्योतीको जितमा अभिषेक थापाले छैटौं मिनेट र आठौं मिनेटमा २ गोलको योगदान दिए भने । ३४ औं मिनेटमा सहिल गुरुङले १ गोल गर्दै टिमलाई जित दिलाए । उक्त जितसँगै शितलज्योती क्लबले पनि ३ अंकको योगफल बनाएको छ ।

यसैगरी अर्काे खेलमा सँगमले एपेक्सलाई ६–० गोलको अन्तरले पराजिगत गरेको छ । सँगमको जितमा क्षितिज गुरुङले १० औं र १२ औं मिनेटमा २ गोल गरे । यसैगरी १४ औं मिनेटमा मनोज गुरुङले, २० औं मिनेटमा आयुष थापाले, २८ औं मिनेटमा अनिष गुरुङले र २९ औं मिनेटमा निश्चल जिसीले समान १ गोल गरेका थिए ।

उक्त खेलबाट सँगम क्लबले ३ अंक जम्मा गरेको छ । रंगशालाको वैकल्पिक मैदानमा ३ खेलसँगै हेम्जास्थित गौरीशंकर खेल मैदानमा समेत ४ खेल सकिएका छन् । उक्त मैदानमा भएको पहिलो खेलमा विष्णुपादुका क्लबले एबिसीलाई ७–१ गोलको फराकिलो अन्तरले पराजिगत गरेको हेम्जा युनाईटेडका सचिव सुनिल गायकले जानकारी दिए ।

उनका अनुसार विष्णुपादुकाको जितमा संजोग केसी र सविन नेपालीले समान २ गोलको योगदान दिए भने राजन थापा, रोशन थापा र सुजन तामाङले समान १ गोल गरे । एबिसीको लागि निखिल रानाले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट विजयी बनेको विष्णुपादुकाले ३ अंक बटुलेको छ ।

यसैगरी दोस्रो खेलमा एलजी एशोसियसनले रामघाटलाई ७–० गोल अन्तरले हरायो । एलजीको जितमा शिव सुवेदी र सिद्धार्थ रन्जितले समान २ गोल गरे भने कृष्ण गुरुङ, हेमन्त तामाङ र सन्तोष श्रेष्ठले समान १ गोलको योगदान दिए । सो जितसँगै एलजीले ३ अंक जम्मा गरेको छ ।

तेस्रो खेलमा डेभिजफल क्लले सहारा क्लबलाई २–१ गोल अन्तरले हरायो । डेभिजफलको जितमा विशाल परियार र सुदिप रानामगरले समान १ गोलको योगदान दिए । यता हार व्यहोरेको सहारा क्लबको तर्फबाट नवराज धमेलले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट जितसँगै डेभिजफलले ३ अंक जम्मा गरेको छ ।

अर्काे खेलमा नाकोड्सले नयांगाँउ एफसीलाई ७–२ गोल अन्तरले पराजित गर्याे । नाकोड्सको जितमा विकल बानियाले २ गोलको योगदान दिए भने आगमन खड्का, कुनल राई, समिर छन्त्याल, निरन्जन गैरे र अमृत मगरले समान १ गोल गरे । नयाँगाउँको तर्फबाट रुविन गुरुङ र वर्मा नेपालीले समान १ गोल फर्काए । उक्त खेलबाट नाकोड्सले ३ अंक बटुल्यो ।

एन्फा कास्कीका अनुसार लिगमा अब कुल ४८ खेल बाँकी रहेकोे छ ।
लिग विजेताले गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने एन्फा कास्कीले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.