www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री मनाङेले शाखा अधिकृत कुटे

पोखरा
ताण्डव न्यूज ।

युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । मन्त्री मनाङेले आफ्नै मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझालाइ कुटपिट गरेका हुन् ।

मन्त्रालयका सूचना अधिकारी समेत रहेका ओझामाथी अपशब्दसहित कुटपिट भएको स्रोतले बतायो । स्रोतले भन्यो ‘यो हिजो (मंगलबार)को घटना हो । मन्त्री ज्यूले कुटपिट गर्नुभएको भन्दै उहाँले सचिव ज्यूलाई जानकारी गराएर बिदा बस्नुभएको छ ।’

Batas

यता मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले अहिले आफू बागलुङ भएको बताए । ‘म एउटा बैठकमा बागलुङ आएको छु । घटना भएको के हो ? बुझ्दैछौँ । उहाँ(शाखा अधिकृत प्रकाश ओझा) बिदा बस्छु भनेर जानकारी गराउनु भएको थियो ।’ सचिव अधिकारीले ताण्डव न्यूजलाई बताए ।

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको आरोपमा मनाङे पक्राउसमेत परेका थिए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.