www.tandavnews.com
Fact ~ In search of truth

पहिलो पाइला नेपालले ‘पोखरा लिडरशिप समिट’ गर्ने

पोखरा ।

समाज सेवामा लागेका युवाहरुको संस्था पहिलो पाइला नेपालले पोखरामा युवा लक्षित नेतृत्व कार्यक्रम ” पोखरा लिडरशिप समिट” गर्ने भएको छ।

बुधबार पोखरामा पहिलो पाइला नेपाल पोखरा शाखाले पत्रकार सम्मेलनको आयोजना गर्दै युवाहरुको भविष्यलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

Batas

सम्मेलन एक दिनको भएपनि त्यसपश्चात युवाको उदेश्य अनुरुपको कार्यक्रम अघि बढाउने पहिलो पाइलाका केन्द्रिय महासचिव सुरज गिरीले जानकारी दिए । उनले अभियानमा पाँच सय जनाको सहभागिता रहने र देशका विभिन्न क्षेत्रमा आवद्द ६ जना व्यक्तिले आफ्नो भनाइ राख्ने बताए ।

सहभागि युवाहरुका लागि विभिन्न १७ विषय राखिएको र जुन युवालाई जे बन्न मन छ त्यसका लागि संस्थाले कार्यक्रम तय गर्ने पहिलो पाइला नेपालले पोखरा शाखाका अध्यक्ष रञ्जित दनैले जानकारी दिए ।

कार्यक्रममा पुर्व आइजिपि सर्वेन्द्र खनाल, वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ, अब्दुस मिया, गायिका समृद्धी राई, सुजिता बस्नेत र प्रकाश तिवारीको सहभागिता रहनेछ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.