www.tandavnews.com
Fact ~ In search of truth

बिटी कपमा दोस्रो चरणका खेल सकिए, बिहीबारदेखि प्रिक्वाटर

पोखरा।
बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा बुधबार दोस्रो चरणका खेलहरु सकिएका छन् ।

पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा बुधबार दोस्रो चरणका खेलहरु सकिएसँगै बुधबारदेखि प्रिकवटरफलाईनलको खेल हुने क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिईन् ।

गुरुङका अनुसार आज (बुधबार) भएको पहिलो खेलमा मालेपाटन एफसीले पाटन एफसीलाई २–० गोल अन्तरले पराजिगत गर्याे । मालेपाटनको जितमा सोम तामाङ र मिलन मगरले समान १ गोल गरे ।

Batas

त्यसैगरी दोस्रो खेलमा मेरो नेपालले एनजी एफसीलाई ३–० गोलको फराकिलो अन्तरले हरायो । मेरो नेपालको जितमा रामचन्द्र नेपालीले २ गोलको योगदान दिए भने सम्पन्न श्रेष्ठले १ गोल गरे ।

अध्यक्ष गुरुङले शितलज्योती क्लब र नदीपुर युनाईटेड बिच भएको खेल गोलरहित भएपछि टाईब्रेकरमा शितलज्योतीले ३–१ गोल अन्तरले जित निकाल्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको बताईन् ।

उनका अनुसार हाम्रो एफसी र भिमकाली एफसी बिच भएको चौंथो खेलमा गोलरहित भएपछि टाई ब्रेकरमा हाम्रो एफसीले ४–३ गोल अन्तरले पराजित गर्याे ।

पाँचौ खेलमा सत्य युवा क्लब बाझाँपाटनले कमलपोखरीलाई टाई ब्रेकरमा ३–१ गोल अन्तरले हराउदै अन्तिम १६ मा स्थान बनायो ।
छैटौं खेलमा रफ व्याईज र हेम्जा युनाईटेड बिच भएको खेलपनि गोलरहित भएपछि टाईब्रेकरमा ७–६ गोल अन्तरले हेम्जा युनाईटेडले जित निकाल्यो ।

सातौं खेलमा भिमकाली यु–१७ ले रामघाट एफसीलाई टाईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरफाईनलमा प्रवेश गर्याे । अन्तिम खेलमा लालीगुँरास क्लब धम्पुसलाई लेकसाइड एफसीले ४–० गोलको फराकिलो अन्तरले पराजिगत गर्याे । लेकसाइडको जितमा सन्त बहादुर गुरुङले हयाट्रिक गरे भने विमल रानाले १ गोलको योगदान दिए ।

आयोजकका अनुसार बिहिबारदेखि प्रिक्वाटरका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिता विजेता टोलीले १ लाख ५१ हजार १ सय ५१ र उपविजेता टोलीले ९१ हजार १ सय ११ रुपैंया प्राप्त गर्नेछ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.