www.tandavnews.com
Fact ~ In search of truth

कास्की लिगमा ७ खेल

पोखरा।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा बिहिबार ७ खेल सम्पन्न भएका छन् ।

लिग चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा ४ र हेम्जास्थित गौरीशंकर खेलमैदानमा ३ गरी ७ खेल सम्पन्न भएको हो ।

गौरीशंकर खेलमैदानमा हिजो भएको पहिलो खेलमा सत्य युवा क्लबले शितलज्योती क्लबलाई ५–२ गोलले पराजित गर्याे । दोस्रो खेलमा सहारा क्लबले लेकसाईडलाई ७–० गोलको फराकिलो अन्तरले हरायो ।

Batas

तेस्रो खेलमा गार्डेन एफसीले रामघाटलाई २–० गोल अन्तरले पराजित गर्याे । रंगशालास्थित वैकल्पिक खेलमैदानमा भएको खेलमा एबिसीलाई सँगम एफसीले ३–२ गोल अन्तरले हरायो ।

त्यसैगरी अर्काे खेलमा आदर्श क्लबले युनाईटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्याे । खेल संयोजक नर प्रसाद गुरुङका अनुसार अर्काे खेलमा ड्यामसाईडसँग विष्णुपादुकाले २–१ गोल अन्तरले खेल गुमायो । अन्तिम खेलमा भ्याली र ईन्द्रेणी एकिकृत बिच भएको खेल गोलरहित सकिएकोसँगै दुवै टिमले समान १ अंक बाँडेको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.