www.tandavnews.com
Fact ~ In search of truth

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

दमौली ।

जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो ।

आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

Batas

चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपक्षी ओसारपोसार निषेधसम्बन्धी व्यवस्थाबमोजिम उक्त निर्णय गरिएको उनले बताए ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.