www.tandavnews.com
Fact ~ In search of truth

आयोजकलाई पहिलो पटक बिटी कपको उपाधि, अन्जन बने सर्वाेत्कृष्ट खेलाडी

पोखरा।
बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि पहिलो पटक आयोजकले नै जितेको छ ।

पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा शनिाबार भएको फाईनल खेलमा टाईब्रेकरमा लेकसाईड एफसीलाई २१–२० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि रक्षा गरेको हो । निर्धारित समय गोलरहित सकिएपछि टाईब्रेकरमा दुवै खेलाडीका प्रत्येक खेलाडीले समान ३ पटकसम्म पेनाल्टी प्रहार गरेका थिए ।

सड एण्ड डेथमा लेकसाईडका मुख्य डिफेण्डर जीवन गुरुङको प्रहारलाई रोक्दै आयोजकका गोलरक्षक राजाबाबु मगरले बिटी क्लबलाई जित दिलाए । उपाधि रक्षा गरेको आयोजक टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५१ हजार १ सय ५१ प्राप्त गर्याे । उपविजेता बनेको लेकसाईडले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ९१ हजार १ सय ११ हात पार्याे ।

Batas

खेल संयोजक क्रिविन गुङका अनुसार प्रतियोगितामा विधागत तर्फ आयोजकका कप्तान अन्जन देवकोटा सर्वाेत्कृष्ट खेलाडीको रुपमा घोषित हुदै ट्रफी र नगद रु ७ हजार सहित पुरस्कृत भए ।

त्यसैगरी सर्वाधिक गोलकर्ताका रुपमा तारा एफसीका अजित गुरुङ खेल अवधीभर ५ गोल गर्दै ट्रफी सहित नगद ७ हजार प्राप्त गरे ।
उत्कृष्ट डिफेण्डरका रुपमा लेकसाइडका जिवन गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा आयोजकका विष्णु थापा, उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै राजाबाबु मगर घोषित हुदै जनही ५ हजार हात पारे । र प्रतियोगिताबाट अनुशासित टिमको रुपमा करापुटार एफसी घोषित हुदै ८ हजार प्राप्त गर्याे ।

गत १८ गते देखि हिजाे (शनिबार) सम्म सञ्चालन भएको प्रतियोगितामा कुल ६२ टिमको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई क्लबका अध्यक्ष विजया गुरुङ, आर्थिक सहयोगीदाताहरु, क्लबका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.