www.tandavnews.com
Fact ~ In search of truth

सडक दुर्घटनामा दुईजनाको मृत्यु

देउखुरी।

दाङमा सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारकोे क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घटनामा मृतकका छोरा १९ वर्षीय रोहित र १६ वर्षीया छोरी सविना घाइते भएका छन् । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । त्यसैगरी घोराही–तुलसीपुर सडक खण्डमा युपी ४२ विपी २४०१ भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा तुलसीपुर–१७ का आठ वर्षीय योगेश बस्नेतको मुत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते उनको उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् । रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.