www.tandavnews.com
Fact ~ In search of truth

एमाले पोखरा १३ः अध्यक्षमा बसन्तसहित उम्मेवार सिफारिस

नेकपा एमाले पोखरा १३ वडा कमिटीको भेलाले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।

आइतबार आयोजित भेलाले अध्यक्षमा बसन्त बराल (राजु) , खुल्ला महिला सदस्यमा कृष्ण कुमारी गुरुङ्ग दलित महिला सदस्यमा कमला बि.क., खुल्ला सदस्यमा निल कण्ठ सिग्देल र अमजत अलिमिया उम्मेदवार बनाउने टुंगो लगाएको वडा नं १३ का अध्यक्ष लेख बाहादुर तमाङ्ग (दर्शन लामा)ले बताए ।

५ उम्मेदवारमध्ये ३/३ जनाको नाम सिफारिस गर्न सकिने भए पनि १/१ जनाको नाममात्रै सर्वसम्मत रुपमा भेलाले जिल्ला कमिटीलाई सिफारिस निर्णय गरेको हो ।

Batas

एमालेले कास्कीमा २८ गते सबै वडाका उम्मेदवारको टुंगो लगाउने भनेको छ । तर पोखरा १३ ले भने त्यसअघि नै टुंगो लगाएको छ । यसअघि २०७४ को निर्वाचनमा पोखरा १३ मा वडाध्यक्षसहित सबै सदस्यमा एमालेले जितेको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.