www.tandavnews.com
Fact ~ In search of truth

एमाले पोखरा २७ ले सर्वसम्मत टुङ्गायो उम्मेदवार, अध्यक्षमा सूर्यमणि लामिछाने

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोखरा महानगरपालिका २७ वडा कमिटीको भेलाले आगामी स्थानीय निर्वाचन २०७९ का लागि उम्मेदवार टुंगो लगाएको छ ।

भेलाले अध्यक्षमा सूर्यमणि लामिछाने, महिला सदस्यमा बुद्धिमाया थापा मगर, दलित महिला सदस्यमा उमा परियार, खुला सदस्यमा प्रकाश देवकोटा र तारानाथ दवाडीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको वडा कमिटी सचिव सुविन तिमिल्सिनाले जानकारी दिए ।

Batas

५ उम्मेदवारमध्ये ३/३ जनाको नाम सिफारिस गर्न सकिने भए पनि १/१ जनाको नाममात्रै सर्वसम्मत रुपमा भेलाले जिल्ला कमिटीलाई सिफारिस निर्णय गरेको हो । अब जिल्ला कमिटीबाट यी नाममै उम्मेदवार टुंगो लगाई टिकट प्रदान हुन सक्छ ।

एमालेले कास्कीमा २८ गते सबै वडाका उम्मेदवारको टुंगा लगाउने भनेको छ । यसअघि २०७४ को निर्वाचनमा पोखरा २७ मा वडाध्यक्षसहित सबै सदस्यमा नेपाली कांग्रेसले जितेको थियो ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.