www.tandavnews.com
Fact ~ In search of truth

स्थानिय तहमा अघि बढ्दै स्काउटिङ अभियान ।

पाेखरा।
नेपाल स्काउट को संरचना स्थानिय तहमा निर्माण भएँ सँगै स्काउटिङ अभियानले तिब्रता पाएको छ । गण्डकी प्रदेश का २ वटा पालिकामा एकै दिन ६ दिने बि टी सि आधारभुत स्काउट तालीम सम्पन्न भएँको छ।

स्याङ्जाको पुतलिबजार नगरपालिका र कास्की को माछापुछ्रे गाउपालिका मा सो तालीम सम्पन्न भएको हो। बिध्यालयका शिक्षक हरु लाई स्काउट तालीम दिई बिध्यालयमा बिध्यार्थिहरु लाई स्काउटिङ अभियान मा संलग्न गराउने उदेस्यका साथ सो तालीम प्रदान गरिएको हो।

यहीं चैत्र २५ गते बाट शुरु भएको तालीमको पुतलिबजार नगरपालिकामा स्थानिय स्काउटका संरक्षक तथा सोही पालिका का मेयर सिमा क्षेत्रि ले उद्घाटन गरेका थिए। २७ वटा बिध्यालय का ३२ जना सहभागी का साथ सम्पन्न भएँको तालीम को समापन प्रतिनिधि सभा सदस्य माननिय नारायण प्रसाद मरासिनि को प्रमुख आतित्यथा तथा स्थानिय स्काउट पुतलिबजार नगरपालिका का स्काउट प्रमुख तथा उपमेयर महेश पुरी, नेपाल स्काउट गण्डकी प्रदेशका सम्योजक आशीर्वाद सुबेदि, प्रदेश अधिकृत बिजय पौडेल लगायत का व्यक्तिहरुको उपस्थितिमा भएको थियो। स्थानिय स्काउट तदर्थ समिति पुतलिबजार नगरपालिकाका सम्योजक अमृत नेपालि को अध्यक्षता मा भएको तालीम को कोर्स लिडर सहायक रास्टृय प्रशिक्षक विष्णु प्रसाद पराजुलि थिए।

Batas

त्यसै गरी कास्की जिल्ला को माछापुछ्रे गाउपालिकाका २१ वटा बिध्यालयलाई समेटिने गरेर २२ जना प्रशिक्षार्थि का साथ तालीम सम्पन्न भएको छ।

तालीमको समापन समारोह माछापुछ्रे गाउपालिका स्थानिय स्काउट का संरक्षक तथा पालिका का प्रमुख कर्ण बहादुर गुरुङ, स्थानिय स्काउट का स्काउट प्रमुख तथा पालिका उपप्रमुख कृष्ण कुमारी दवाडि, नेपाल स्काउट गण्डकी प्रदेश का सम्योजक आशीर्वाद सुबेदि, पालिका का प्रमुख प्रशासकिय अधिकृत विष्णु पोखरेल, पालिका का वडा अध्यक्षहरु को उपस्थिति रहेको थियो। माछापुछ्रे गाउपालिकाका स्थानिय तदर्थ समिति का सम्योजक कानुन लामिछाने को अध्यक्षता मा भएँको तालीम को कोर्स लिडर नेपाल स्काउट का पूर्व रास्टृय तालीम आयुक्त नारायण पराजुली थिए।

गण्डकी प्रदेश का अन्य पालिका हरुमा पनि तालीम सन्चालन गरी बिध्यालय तह देखी बालबालिका हरु लाई स्काउटिङ अभियान मा जोड्न गण्डकी प्रदेस लागिरहेको प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेश का प्रदेश अधिकृत बिजय पौडेलले बताए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.